PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

बुटवलमा अनिश्चितकालीन कर्फ्यू



पहिलोपोस्ट

बुटवलमा अनिश्चितकालीन कर्फ्यू

काठमाडौं : जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवल क्षेत्रमा कर्फ्यू लगाएको छ।

बुटवल उपमहानगरपालिका वडा १७ र १८ मा निर्माणाधिन मोतिपुर औद्योगिक करिडोर क्षेत्रमा आइतवार दिउसो स्थानीय सुकम्बासी र प्रहरीबिच झडप हुँदा प्रहरीले गोली चलाएको थियो। प्रहरीको गोली लागी केही व्यक्तिहरु घाइते भएका छन्।

जिल्ला प्रशासन कार्यालयले स्थितीलाई नियन्त्रणमा लिनका लागि भन्दै दिउसो ४ बजे देखि लागु हुने गरी कर्फ्यू जारी गरेको हो।

अर्को सूचना जारी नभएसम्मका लागि बुटवलको पूर्वमा तिनाउ नदी क्षेत्र (बुटवल १७ शिवनगर देखि १८ सौंरहिया पुलसम्म), पश्चिममा हरिहरपुरको खेतीयोग्य जमिन (बुटवल १७), उत्तरमा शिवनगर रानीगंज बस्ती र दक्षिणमा बुटवल १८ औद्योगिक करिडोरको जमिन क्षेत्रमा कर्फ्यू लगाएको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell