PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

हत्या अभियोगमा श्रीमती,सालीदेखि साथीसम्म समातिए, हत्या गरेर फर्किदा एक जनाको भने लडेर मृत्यु !



पहिलोपोस्ट

हत्या अभियोगमा श्रीमती,सालीदेखि साथीसम्म समातिए, हत्या गरेर फर्किदा एक जनाको भने लडेर मृत्यु !

काठमाडौः एक पुरुषको हत्या गरेको अभियोगमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। यसरी पक्राउ पर्नेहरूमा मृतककी श्रीमती देखि साथीसम्म रहेका छन्। महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले आइतबार चार जना अभियुक्तलाई सार्वजनिक गरेको हो।

असोज ११ गते राति साढे ७ बजेतिर ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ७ देविचौर सलेनी सोल्लामा बाग्मती गाउँपालिका प्युटार घर भएको  २९ वर्षीय राजकुमार भुलुनको शव फेला परेको थियो। टाउको र घाँटीमा धारिलो हतियार प्रयोग गरेर हत्या गरेको देखिएको थियो।

प्रहरीले मृतकी श्रीमती २८ वर्षीय रजीना भोलुन, साढु भाइ ज्ञान कुमार सिंतान, २५ वर्षीय साली सुनिता सिंतान र मृतको साथी लक्ष्मी ब्लोन (लुङ्वा) भन्ने म्याक्सी माया भोलनलाई पक्राउ गरेको हो। त्यस्तै घटना संलग्न भएका मनोज सार्की भने मृत फेला परेका थिए। प्रहरीको  प्रारम्भिक अनुसन्धान सार्की हत्या गरेपछि फर्किने क्रममा लडेर मृत्यु भएको खुलेको छ। तर प्रहरीले लडेर वा अन्य तरिकाले हत्या भएको अनुसन्धान भइरहेको जानकारी दिएको छ।

उनीहरू विरुद्ध जिल्ला अदालत ललितपुरबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell