PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

चीनमा बाढी : १७ हजार घरमा क्षति, २० लाख मानिस प्रभावित



पहिलोपोस्ट

चीनमा बाढी : १७ हजार घरमा क्षति, २० लाख मानिस प्रभावित
Photo : Getty Images

चीनको उत्तरी क्षेत्रमा रहेको शाहजी प्रान्तमा बाढी जाँदा करिब २० लाख मानिस प्रभावित भएका छन्।

गत हप्तादेखिको अविरल वर्षाका कारण उक्त क्षेत्रमा रहेका १५ हजार भन्दा बढी घरहरुमा क्षति पुगेको छ। जसकारण लाखौं मानिस विस्थापित भएका छन्। प्रान्तको ७० जिल्लामै पहिरो गएको छ।

प्रभावित क्षेत्रमा उद्धार टोली पठाइएपनि वर्षाका कारण उद्धारकार्य समेत प्रभावित भएको छ। हाल १ लाख २० हजार भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

तीन महिना हेनान प्रान्तमा ३०० जनाभन्दा बढीको मृत्यु हुने गरी बाढी गएको थियो। शाहजी प्रान्तको बाढी हेनानमा गएफो बाढी भन्दा खतरनाक भएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell