PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

‘नेशनल डेल्फिक काउन्सिल नेपाल’ को स्थापना : ककसले पाए मानार्थ सदस्यता ?



पहिलोपोस्ट

‘नेशनल डेल्फिक काउन्सिल नेपाल’ को स्थापना : ककसले पाए मानार्थ सदस्यता ?

काठमाडौं : नेपालमा ‘नेशनल डेल्फिक काउन्सिल नेपाल’ को स्थापना भएको छ। कला, संस्कृतिमा आधारित खेलकुद तथा कलाका विभिन्न विधाहरुलाई विश्वमाझ चिनाउने प्लेटफर्मको रुपमा उदाएको ‘अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिल’ को नेपाल च्याप्टरले यस काउन्सिलको स्थापना गरेको हो।

‘नेशनल डेल्फिक काउन्सिल नेपाल’ ले वरिष्ठ मानार्थ र मानार्थ सदस्यता पनि वितरण गरेको छ। शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीलाई काउन्सिलले आइतवार उनकै निवासमा गएर वरिष्ठ मानार्थ सदस्यताको प्रमाणपत्र प्रदान गरेको हो।

त्यस्तै, फिल्म क्षेत्रबाट अभिनेत्रीहरु भुवन चन्द, बसुन्धरा भुषाल, मिथिला शर्मा, शर्मिला मल्ल र सूर्यमाला खनाललाई पनि मानार्थ सदस्यता दिइएको छ। साथै अभिनेताहरु शिव श्रेष्ठ, भुवन केसी, धिरेन शाक्य, सरोज खनाल, कृष्ण मल्ल, कलाकार संघका अध्यक्ष रविन्द्र खड्का र निर्देशक मोहन निरौलाले पनि मानार्थ सदस्यता पाएका छन्। चित्रकलाबाट जया शर्मा, जात्रा तथा संस्कृतिविद् मनोज नेवा र उपन्यासकार निजिरोष श्रेष्ठलाई मानार्थ सदस्यता प्रदान गरिएको छ।

काउन्सिलको सद्भावना दूतको रुपमा कलाकार/क्याप्टेन विजय लामा नियुक्त भएका छन्। सद्भावना दूतको रुपमा नियुक्त भएका कलाकार लामाले नेपालको कला, सँस्कृतिलाई विश्वमाझ पुर्‍याउन काउन्सिलको माध्यमबाट प्रयास गर्ने बताए।

हरेक चार वर्षमा अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिलले संसारका विभिन्न देशमा आयोजना गर्ने ‘वर्ल्ड कन्भेन्सन’ मा नेपालको प्रतिनिधित्व गर्दै काउन्सिलले नेपालको कला, सँस्कृतिलाई प्रस्तुत गर्ने छ। नेपालसहित यो काउन्सिलको १ सय ४७ देशमा स्थापना भइसकेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell