PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

मन्जु पोखरेलसँग विवाह बन्धनमा बाँधिए मनोज गजुरेल



पहिलोपोस्ट

मन्जु पोखरेलसँग विवाह बन्धनमा बाँधिए मनोज गजुरेल

काठमाडौं : हास्य कलाकार मनोज गजुरेलले विवाह गरेका छन्। नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलसँग उनले विवाह गरेका हुन्। मनोजको यो दोस्रो विवाह हो।

गजुरेलले आफूले विवाह गरेको फेसबुकबाट जानकारी दिएका हुन्। उनले साथदिने सहयात्रीको अभाव खड्किएको बेला बाबुनानीको आग्रहमा विवाह गरेको समेत उल्लेख गरेका छन्।

'एकैखालको परिवेश र उस्तै खालको भोगाईबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं। एकअर्काका जिम्मेवारीलाई साझा जिम्मेवारी मानेर पूरा गर्ने वाचा गर्‍यौं। हामीलाई यो निर्णयमा पुग्न हाम्रा बाबुनानीहरुको सुझाव र सहमतीले पनि ठूलो मद्धत गर्‍यो,' उनले लेखेका छन्।

वैवाहिक जीवन सुरु गर्नुका साथै आफूहरुको व्यक्तिगत जीवनसँग सम्बन्धित काल्पनिक समाचार नबनाउन समेत उनले अनुरोध गरेका छन्।

यसअघि मनोजले मिना ढकालसँग बिहे गरेका थिए। मनोज र मिनाबिच ४ वर्षअघि नै सम्बन्ध बिच्छेद भएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell