PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

टीकापुरमा प्रहरी हिरासतमा थुनुवा मृत फेला, भैँसी चोरीको आरोपमा परेका थिए पक्राउ



पहिलोपोस्ट

टीकापुरमा प्रहरी हिरासतमा थुनुवा मृत फेला, भैँसी चोरीको आरोपमा परेका थिए पक्राउ

धनगढी: कैलाली प्रहरीको हिरासत कक्षमा एक जना थुनुवा मृत फेला परेका छन्। इलाका प्रहरी कार्यालय टीकापुरको हिरासत कक्षमा रहेका एक जना मृत फेला परेका हुन्।

सुर्खेतको चौकुने गाउँपालिका-३ बेतानका ३५ वर्षीय धनबहादुर राना हिरासत कक्ष भित्र रहेको शौचालयभित्र झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए। बिष्टका अनुसार भैँसी चोरीको आरोप लागेपछि प्रहरीले सोधपुछका लागि उनलाई नियन्त्रणमा लिएको थियो।

कैलालीको जानकी गाउँपालिका–१ तोरैयापुरका पुलुराम थारुको एउटा भैंसी चोरी भएको थियो। अनुसन्धानका क्रममा लम्कीचुहा नगरपालिका–५ थापापुरस्थित झुलुङ्गे पुल नजिक भैँसीसहित रानालाई थारुले फेला पारी प्रहरीलाई खबर गरेका थिए।

उक्त घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell