PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

सिड्नीमा कंगारु मारेको अभियोगमा दुईजना किशोर पक्राउ



पहिलोपोस्ट

सिड्नीमा कंगारु मारेको अभियोगमा दुईजना किशोर पक्राउ
IMAGE SOURCE : WIRES/TWITTER

अस्ट्रेलियाको सिड्नीमा १४ वटा कंगारु मारेको अभियोगमा प्रहरीले दुई जना किशोरलाई पक्राउ गरेको छ।

स्थानीय बेट्समेन बेको दुईवटा सडकखण्डमा कंगारु मारेर फालेको अवस्थामा फेला पारेका थिए। त्यसपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

कारले कंगारुलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। उक्त घटनामा पक्राउ पर्ने दुवैजना १७ वर्षका रहेका छन्। कंगारुलाई मार्नुको उद्देश्य बारे हालसम्म केही खुलेको छैन। दुवैजनाविरुद्ध जनावरलाई पिटेको र मारेको अभियोग लगाइएको छ। अर्को महिना उनीहरुलाई अदालतमा उपस्थित गराइनेछ।

न्यू साउथ वेल्सको कानुन अनुसार जनावरप्रति क्रुर व्यवहार गर्नेलाई २२ हजार अस्ट्रेलियन डलर र पाँच वर्षको जेल सजाय हुन सक्छ।

घाइते भएका कंगारुहरुलाई जनावर संरक्षण समूहले उपचार र रेखदेख गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell