PahiloPost

Apr 11, 2026 | २८ चैत्र २०८२

दूतावासका कमर्चारीसँग चङ्गा उडाउँदै दशैं मनाए अमेरिकी राजदूत र्‍यान्डी बेरीले



पहिलोपोस्ट

दूतावासका कमर्चारीसँग चङ्गा उडाउँदै दशैं मनाए अमेरिकी राजदूत र्‍यान्डी बेरीले
तस्विर : र्‍यान्डी बेरी / ट्वीटर

काठमाडौं : नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले दूतावासका कर्मचारीहरुसँग दशैं मनाएका छन्। बेरीले आफ्नो निवासमा नेपाली र अमेरिकी सहकर्मीहरुसँग दशैंको शुभकामना आदानप्रदान गरेका हुन्।

बेरीले ट्वीटरमा दशैंको अवसरमा चङ्गा उडाउँदै गरेको तस्विर सेयर गरेका छन्। उनले सबैलाई दशैंको शुभकामना दिँदै आफूहरुले निकै रमाइलो गरेर दशैं मनाएको बताएका छन्।

बेरी ट्वीटरमा निकै सक्रिय छन्। उनले नेपालका विभिन्न ठाउँ घुमेको र चाडपर्वको सहभागी भएको तस्विर साझा गरिरहेका हुन्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell