PahiloPost

May 10, 2025 | २७ बैशाख २०८२

वीरगंजको गहवामाईमा यसरी भित्र्याइयो फूलपाती

वीरगंजको गहवामाईमा यसरी भित्र्याइयो फूलपाती

राधेश्याम पटेल/पहिलोपोस्ट


वीरगंज : दशैंको सातौं दिन आज फूलपाती। घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याइँदैछ।

आर्थिक नगरी वीरगंजको गहवामाईमा पनि विशेष पूजापाठ गरी फूलपाती भित्र्याइएको छ। फुलपाती लिन आज विहान साढे ७ बजे नेपाली सेनाको वीरगंजस्थित चण्डीप्रसाद गणबाट डोला निकालिएको थियो। बिहान ८ बजे मालपोत कार्यालय पर्सामा रहेको निशान भगवतीको मन्दिरबाट डोला लिएर बाजागाजाका साथ गहवामाईमा पुर्‍याइएको थियो।

वीरगंजका मेयर विजयकुमार सरावगी, पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, चण्डीप्रसाद गणका गाणपति प्रमुख सेनानी मदनजंग राणा, पर्साका प्रहरी उपरीक्षक वेलबहादुर पाण्डे, पर्साका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडका, मालपोत कार्यालय पर्साका निमित्त प्रमुख कमोद तिवारीलगायत विभिन्न राजनीतिक दलका अगुवा, महिला नेतृ, समाजसेवी तथा युवाहरुको सहभागिता थियो।

फूलपाती भित्रियाएर गहवा माईको मन्दिरमा विशेष पूजापाठ गरी सर्वासधाराणको लागि पनि पूजापाठ शुरु गरिएको छ।

कोरोना महामारीले गत वर्ष वीरगंजमा दशैं मेला र मन्दिरमा पूजापाठ प्रभावित भएको थियो। गत वर्ष स्वास्थ्य मापदण्ड पालना गर्दै फूलपाती भित्रियाइएको थियो।

दृश्यमा वीरगंजको फूलपातीको झलक र गहवाईमाईमा दर्शन गर्न पुगेको श्रद्धालुहरु :



ट्रेन्डिङ पोस्ट

Ncell