PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रहरीको नजरमा दसैँ सुरक्षित बनाउने टिप्स



पहिलोपोस्ट

प्रहरीको नजरमा दसैँ सुरक्षित बनाउने टिप्स

काठमाडौंः चाडपर्व मौका छोपेर राजधानीमा अपराधहरू बढ्ने गरेको देखिन्छ। चोरी र सवारी दुर्घटनाका घटनाहरू सबैभन्दा धेरै हुने गरेका छन्। त्यसैले प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना ल्याएको छ। महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले काठमाडौंमा दसैँमा विशेष सुरक्षा लागु गरिसकेको बताएका छन्। त्यस्तै दसैँ सुरक्षित बनाउन सुझाव समेत दिएका छन्।

१. रातको समयमा  आफ्नो घर, टोलमा हो हल्ला गरी हिँड्ने तथा शङ्कास्पद व्यक्तिहरूको गतिविधि देखेमा प्रहरीमा तुरुन्तै खबर गर्नुहोस् ।  

२. जुवा, तास, ढुकुटी आफू पनि नखेल्न,  नखेलाउन र खेलको देखेमा प्रहरीलाई खबर गर्नुहोस् ।

३. टोलमा नौलो असामान्य मानिस देखेमा निगरानी गर्नुहोस् वा उसको बारेमा जानकारी राख्नुहोस् ।

४. सार्वजनिक स्थानमा धूम्रपान, मध्यपान गर्ने कार्यलाई निरुत्साह गरौँ ।

५. अपरिचित व्यक्तिले दिएको कुनै पनि  खाना सेवन गर्नुहोस् ।

६. रातको समयमा कसैले ढोका ढकढक्याए नचिनीकन ढोका नखोल्नुहोस् ।

७. घर टोलमा रातको समयको लागि बत्तीको व्यवस्था तथा साइरन राख्ने व्यवस्था मिलाउनुहोस् ।

८. बैङ्क तथा बितिए संस्थामा ठुलो रकम झिक्न र राख्न जाँदा विश्वासिलो मानिसलाई लिएर जानुहोस् ।

९. चोरी, डकैती, लुटपाट, गुण्डागर्दी भएको थाहा पाउने बित्तिकै प्रहरीलाई खबर गर्नुहोस् ।

१०. सार्वजनिक स्थानमा हिँडडुल गर्दा सुनको गहना प्रयोग नगर्नुहोस् तथा साथमा  बढी रकम नबोक्नुहोला ।

११. रातीको समयमा घरको गेट, ढोकाको चुकुल, कब्जा राम्रोसँग बन्द गरी सुत्ने गर्नुहोस् ।

१२. लामो समयको लागी घर छोडेर बाहिर जाँदा विश्वासिलो मानिसको जिम्मा छोड्नुहोस् ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell