PahiloPost

Apr 11, 2026 | २८ चैत्र २०८२

नेपालमा 'फोरजी' प्रयोगकर्ताको संख्या १ करोडभन्दा बढी



पहिलोपोस्ट

नेपालमा 'फोरजी' प्रयोगकर्ताको संख्या १ करोडभन्दा बढी
File Photo : RSS

काठमाडौं : नेपालमा फोरजी प्रयोगकर्ताको संख्या एक करोड नाघेको छ। नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार साउनसम्म फोरजी प्रयोगकर्ता एक करोड १० लाख ३४ हजार ३५४ पुगेको छ।

असारमा फोरजी प्रयोगकर्ता ९९ लाख ५४ हजार ११९ थिए। एक महिनामा फोरजी प्रयोगकर्ता १० लाख ८० हजार २३५ ले थपिएको प्राधिकरणले जनाएको छ।

जसअनुसार बढी ग्राहक हुनेमा एनसेलनै अघि छ। साउनमा एनसेलको फोरजी ग्राहक ५५ लाख ११ हजार ३८६ छ भने नेपाल टेलिकमले ५३ लाख ४० हजार ३५३ पुगेको प्राधिकरणले जनाएको छ।

यस्तै, स्मार्ट टेलिकमको फोरजी प्रयोगकर्ता एक लाख ८२ हजार ८१५ पुगेको छ।

असारको तुलनामा साउनमा टेलिकमले पाँच लाख ९५ हजार ९७८ र एनसेलले चार लाख ६८ हजार ३८८ फोरजी प्रयोगकर्ता थपेका छन्।

स्मार्ट टेलिकमले भने असारको भन्दा साउनमा १५ हजार ८६९ फोरजी ग्राहक थपेको प्राधिकरणले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell