PahiloPost

Apr 11, 2026 | २८ चैत्र २०८२

बाजुरामा कर्णाली नदी थुनिएर ताल बन्दा स्थानीय त्रसित : प्रहरी चौकी र गाउँपालिकाको सामान सार्न थालियो



पहिलोपोस्ट

बाजुरामा कर्णाली नदी थुनिएर ताल बन्दा स्थानीय त्रसित : प्रहरी चौकी र गाउँपालिकाको सामान सार्न थालियो

काठमाडौं : बाजुराको जगन्नाथ गाउँपालिकाको वडा नम्बर २ मा खसेको पहिरोले कर्णाली नदी थुनिएको छ।

सुक्खा पहिरो खसेर नदी थुनिएपछि गाउँपालीकाको वडा २ का स्थानीयहरु त्रसित भएका छन्। विहान ६ बजे खसेको पहिरोका कारण नदी थुनिएर ताल बनेको हो। ताल फुटेर क्षति हुने डरले त्यस क्षत्रको नजिकै रहेको प्रहरी चौकीका सामनहरु सार्न थालिएको वडा नम्बर २ का अध्यक्ष कर्ण बहादुर बिष्टले बताए।

गाउँपालीकाको भवन पनि नजिकै भएकाले सामानहरु सार्नेबारे छलफल भइरहेको बिष्टले जानकारी दिए। हालसम्म मानविय छति भने भएको छैन।

कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी गणेश बहादुर ऐरले अहिले पहिरो खसेर बनेको तालको पानी कम हुन थालेको बताएका छन्।

'अहिले खतरा छैन्। तालको पानी ५० प्रतिशत घटिसकेको छ,' उनले भने।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell