PahiloPost

Jul 7, 2025 | २३ असार २०८२

'डाँडाको वरपीपल' लाई थप विवादमा नपार्न दीपकको आग्रह, 'फिल्म क्षेत्रलाई घाइते नबनाऔं'



पहिलोपोस्ट

'डाँडाको वरपीपल' लाई थप विवादमा नपार्न दीपकको आग्रह, 'फिल्म क्षेत्रलाई घाइते नबनाऔं'

काठमाडौं : आजबाट फिल्म 'डाँडाको वरपीपल' प्रदर्शन भएको छ। कोरोना संक्रमणका कारण लामो समयसम्म बन्द भएको सिनेमा हलमा आजबाट नेपाली फिल्‍म चलेको हो।

शोभित बस्नेतको निर्देशन रहेको फिल्म रिलिज भएपनि विवाद रहित भनेको भएको छैन। कारण – महानायक विवाद।

उक्त विवादको चपेटामा शोभित बस्नेतको फिल्म 'डाँडाको वरपीपल' परेको छ। शोभित बस्नेतले भुवन केसीलाई नेपालको महानायक भनेर सम्बोधन गरेपछि उनको निकै आलोचना भइरहेको छ। यतिसम्म दर्शकहरुले नेपालको महानायक राजेश हमाल भन्दै शोभितको फिल्म बहिष्कार गर्ने चेतावनी दिइरहेका छन्।

यसबिच कलाकार दीपक राज गिरीले धेरै पछि नेपाली फिल्म प्रदर्शन भएको भन्दै 'डाँडाको वरपीपल' लाई शुभकामना दिएका छन्। उनले अहिलेको समयमा एकले अर्कालाई प्रहार गर्दा फिल्म क्षेत्र नै घाइते हुने समेत बताए।

'महान को हो त्यो निर्णय हामीले गर्ने होइन। त्यसैले हामीले आ-आफ्नो गल्ती स्विकार गरेर हातेमालो गरेर कमजोर भएको उद्योगलाई मिलेर उचालौ' महानायक विवादबारे लक्षित गर्दे उनले लेखेका छन्।

सामाजिक संजाल र मिडियामा चलचित्रकर्मीको बौद्धिकता झल्काइरहेको उनको भनाई छ। व्यर्थका बहसहरु र आरोप प्रत्यारोप बन्द गर्न र फिल्मलाई थप विवादमा नपार्न समेत दीपकले अनुरोध गरेका छन्।

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell