PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

दशैं मनाउन ६ लाख ८८ हजारभन्दा बढी काठमाडौंबाट बाहिरिए



पहिलोपोस्ट

दशैं मनाउन ६ लाख ८८ हजारभन्दा बढी काठमाडौंबाट बाहिरिए

काठमाडौं : दशैंको आगमनसँगै देशका विभन्न शहरहरुबाट गाउँ फर्किनेको लर्को लागेको छ। केही दिन यता विजया दशमी मनाउन काठमाडौंबाट गाउँ फर्किनेहरुको लर्को लागेको हो।

दशैं मनाउन गाउँ जानेहरुको लर्को लागेसँगै काठमाडौं सुनसान बन्न थालेको छ। आज फूलपातीका दिन काठमाडौंको कोटेश्वर, तीनकुने, कलंकी, नयाँ बसपार्क लगायतका स्थानहरुमा मानिसहरुको लर्को लागेको छ।

बिस्तारै–बिस्तारै काठमाडौं शहरमा मानिसको चाप घट्दै गइरहेको छ भने सवारी साधनहरुको चापसँगै गाउँ फर्किने यात्रुहरुको लर्को देख्न सकिन्छ। नवरात्र शुरु भएसँगै रोजगारी र अध्ययनको सिलसिलामा काठमाडौं आएकाहरु गाउँ फर्किन थालेका हुन्।

यातायात व्यवस्था विभागले लामो दूरीको सवारीसाधनको लागि अग्रिम टिकट बुकिङ आश्विन ११ गतेबाट खोलेदेखि मंगलवार (फुलपाती) बिहान ४ बजेसम्म ६ लाख ८८ हजार २४३ जना काठमाडौं उपत्यकाबाट बाहिरिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell