PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

मुगुमा भएको बस दुर्घटनामा २३ जनाको मृत्यु : हेलिकप्टरबाट घाइतेको उद्धार गरिँदै



पहिलोपोस्ट

मुगुमा भएको बस दुर्घटनामा २३ जनाको मृत्यु : हेलिकप्टरबाट घाइतेको उद्धार गरिँदै

काठमाडौं : मुगुको छायाँनाथ रारा नगरपालिका वडा नम्बर ७ तरतरे खोलामा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ। बसमा सवार १८ जना घाइते भएका छन्।

हेलिकप्टर मार्फत घाइतेको उद्धार भइरहेको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए।

'हामीले हेलिकप्टर मार्फत उद्धारको प्रयास गरिरहेका छौँ। दुर्घटनामा २३ जनाको मृत्यु भइसेको छ,' उनले भने।

नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढीका लागि छुटेको बस दुर्घटनामा परेको हो। घटनाको कारण बारे केही नखुलेको भए पनि उकालोमा बसले तान्न नसकेपछि दुर्घटना भएको हुनसक्ने स्थानीय प्रशासनले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell