काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल र नेपालका लागि फ्रान्सेली राजदूत गिलिस बुर्बाओबीच आज साँझ भेटवार्ता भएको छ।
कोटेश्वरस्थित अध्यक्ष नेपालको निवासमा भएको भेटमा दुईपक्षीय सम्बन्ध र आपसी हितका बारेमा छलफल भएको पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए। उक्त भेटमा दसैँको शुभकामना आदानप्रदान गरिएको थियो।