PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

पूर्व राजा ज्ञानेन्द्रलाई बाबुरामको सुझाव : भ्रमको खेती नगरौं, चुपचाप गणतन्त्रलाई स्विकारेर बस्नु वेश



पूर्व राजा ज्ञानेन्द्रलाई बाबुरामको सुझाव : भ्रमको खेती नगरौं, चुपचाप गणतन्त्रलाई स्विकारेर बस्नु वेश

काठमाडौं : पूर्व राजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिप्रति पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अक्रोश व्यक्त गरेका छन्। मंगलवार पूर्व राजा ज्ञानेन्द्रले दशैंको अवसरमा शुभकामना व्यक्त गर्दै राजतन्त्र बिनाको प्रजातन्त्र सान्दार्भिक नहुने बताएका थिए।

यही सन्देशबारे समाजवादी पार्टीका अध्यक्षसमेत रहेका बाबुरामले आफ्नो प्रतिक्रिया दिएका छन्। बाबुरामले पूर्वराजाको सन्देश भ्रमको खेती भएको र देशलाई पुन द्वन्द्वमा धकेल्ने खालको भएको बताएका छन्। त्यसैगरी उनले पूर्व राजा ज्ञानेन्द्रलाई जनताप्रति अलिकति जिम्मेवारीवोध भए चुपचाप संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकारेर बस्नु वेश हुने सुझाव दिएका छन्।

'राजसंस्थाविनाको प्रजातन्त्र टिक्दैन भन्नु जनतालाई तातो बरफ वा सिंगसहितको खरायो खोज्न लगाउनु जस्तै भ्रमको खेतीगर्नु र देशलाई पुन:द्वन्दमा धकेल्नु मात्रै हो,' बाबुरामले ट्वीटरमा भनेका छन्, 'पूर्व राजालाई देश र जनताप्रति अलिकति पनि जिम्मेवारीवोध छ भने चुपचाप संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकारेर बस्नु वेश हुनेछ!'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell