PahiloPost

Oct 20, 2021 | ३ कात्तिक २०७८

अमेरिकाले मेक्सिको र क्यानडासँगको सीमा खुला गर्ने, खोपको पूर्ण मात्रा लगाएकाले मात्र प्रवेश पाउने



पहिलोपोस्ट

अमेरिकाले मेक्सिको र क्यानडासँगको सीमा खुला गर्ने, खोपको पूर्ण मात्रा लगाएकाले मात्र प्रवेश पाउने
Photo : Getty Images

अमेरिकाले मेक्सिको र क्यानडासँग जोडिएको सीमा खुला गर्ने भएको छ। नोभेम्बरबाट कोरोना भाइरसविरुद्ध पूर्ण खोप लगाएका यात्रुहरुका लागि सीमा खुला हुने बताइएको छ।

कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै अमेरिकाले मेक्सिको र क्यानडासँगको सीमा मार्च २०२० देखि बन्द गरेको थियो।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सेनले  केही समयअघि मात्रै अमेरिका आउने सबै यात्रुले विश्व स्वास्थ्य संगठन र अमेरिकाको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेशनले मान्यता दिएको खोप लगाउनु पर्ने बताएको थियो।

अमेरिकाले हालसम्म जोनसन एन्ड जोन्सन, फाइजर र मोडर्ना खोपको प्रयोगका लागि स्वीकृति दिइसकेको छ। विश्व स्वास्थ्य संगठनले भने अस्ट्राजेनेका-अक्सफोर्ड, सिनोभाक र सिनोफ्रामका खोपको प्रयोगका लागि पनि अनुमति दिइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell