PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

चाडपर्वमा बजार अनुगमन : २५ दिनमा २३ लाख जरिवाना, २६१ व्यवसायिक फर्म परे कारवाहीमा



पहिलोपोस्ट

चाडपर्वमा बजार अनुगमन : २५ दिनमा २३ लाख जरिवाना, २६१ व्यवसायिक फर्म परे कारवाहीमा

काठमाडौं : वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्व लक्षित संयुक्त बजार अनुगमनमा २३ लाख रुपैयाँ जरिवाना गरेको छ। २५ दिनको अवधिमा यो जरिवाना गरेको हो।

असोज १ गतेदेखि संयुक्त बजार अनुगमन सुरु भएको थियो। अनुगमन टोलीले उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरको ४९६ वटा व्यवसायिक फर्ममा चाडपर्व लक्षित बजार अनुगमन गरेको थियो।

जसमा २६१ वटा व्यवसायिक फर्मलाई जरिवाना गरेको हो। टोलीले उपत्यकाका किराना पसल, कपडा पसल, मदिरा पसल, मासु पसल लगायतका व्यवसायिक फर्ममा अनुगमन गरेको गरेको थियो।

जसमा बढी मूल्य लिएर बिक्री गर्ने र बिलको प्रयोग नगर्ने फर्महरुमा विभागले जरिवाना गरेको हो।

चाडपर्वको समयमा कारोबार बढ्ने भएकोले व्यवसायीहरुले म्याद सकिएको खाद्यान्नहरु बिक्री हुने र बढी मूल्य लिने प्रवृति देखिएको छ। विभागको नियमित अनुगमन सहित उपत्यकाको विभिन्न ठाउँहरुमा सुचना र गुनासोको आधारमा बजार अनुगमन भएको विभागका प्रवक्ता शिवराज सेंढाइले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell