PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

पैसा फल्ने बोट : कल्पनालाई पर्दामा उतार्ने सुरक्षाको पहिलो प्रयास



पहिलोपोस्ट

पैसा फल्ने बोट : कल्पनालाई पर्दामा उतार्ने सुरक्षाको पहिलो प्रयास

काठमाडौं : अभिनेत्री सुरक्षा पन्तको 'पैसा फल्ने बोट' बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गीतको भिडियो चारदिनअघि युट्युव च्यानल 'अनटाइटल्ड नेपाल' बाट सार्वजनिक गरिएको हो।

यो गीतको शब्द सुरक्षाले नै लेखेकी हुन्। सुरक्षाले उक्त गीतलाई कल्पनालाई पर्दामा उतार्ने पहिलो प्रयास भनि फेसबुकमा उल्लेख गरेकी छिन्।

गीतमा कम्पोज तथा गायन भने मानवको रहेको छ। दशर्कहरुले गीतमा सुरक्षाको अभिनयको तारिफ गरिरहेका छन्।

गीतको भिडियोमा सुरक्षाका साथै मानव, साब्रिना गुरुङ, ज्ञानु शाक्य र रिशन महर्जनको अभिनय समेत देख्न सकिन्छ। गीतको भिडियो 'बटरस्कच-३३३' टिमले निर्देशनमा तयार भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell