PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

महाअष्टमी : काठमाडौंका शक्तिपीठहरुमा दर्शनार्थीको घुइँचो

महाअष्टमी : काठमाडौंका शक्तिपीठहरुमा दर्शनार्थीको घुइँचो

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : दशैंको आठौं दिन आज महाअष्टमी। देवी भगवती दुर्गाको पूजा आराधना गरी देशभर मनाइँदै छ। बुधवार देशभरका शक्तिपीठहरुमा महाष्टमीको अवसरमा देवीको पूजा अर्चना गर्नेहरुको भिड लागेको छ। काठमाडौंको भद्रकालीमा पनि भक्तजनहरुको भिड लागेको छ।

काठमाडौंका नक्शाल भगवती, गुह्वेश्वरी, मैतीदेवी, कालिकास्थान, महांकाल, शंकटा, नरदेवी, इन्द्रायणी र शोभाभगवतीमा देवीको पूजा आराधनाका लागि भक्तजनहरुको घुइँचो छ।

महाअष्टमीमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गर्ने शास्त्रोक्त कथन छ। आजको दिन देशभरका विभिन्न शक्तिपीठहरुमा पशुबली दिने समेत गरिन्छ।

कलपूर्जा, हातहतियार र गाडीहरुलाई आज भगवतीको अस्त्रको रुपमा पूजा गर्ने चलन पनि छ। पशुबली नदिनेहरुले आज आफ्नो पूजाकोठामा कुभिन्डो, नरिवल, घिरौँला, लौका लगायतको बली दिने गर्दछन्।



ट्रेन्डिङ पोस्ट

Ncell