PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

जनकपुरको राजदेवीमा खोँइछ भर्नेको भिड

जनकपुरको राजदेवीमा खोँइछ भर्नेको भिड

पहिलोपोस्ट /पहिलोपोस्ट


जनकपुर : जनकपुरधामको शक्तिपीठहरुमा खोँइछ भर्नेको भिड लागेको छ। राजा जनकको कुल देवी राजदेवी मन्दिरसहित जनकपुरधामको विभिन्न स्थानमा खोँइछ भर्ने विवाहिता महिलाहरुको भिड लागेको हो।

विवाहिता महिलाहरुले सप्तमी तिथिदेखि नै खोँइछ भरिरहेका छन्। खोँइछ भर्नको लागि हजारौँको संख्यामा महिलाहरु राजदेवी मन्दिरसहित रामानन्द चोक, मुरली चोक, पिडरीया माईस्थान लगायतका स्थानमा खोँइछ भरिरहेका छन्।

त्यस्तै प्रसाद चढाउनको लागि गएराति ११ बजेदेखि नै लाइन लागेको छ। राजदेवी मन्दिरमा प्रत्येक वर्ष खोँइछ भर्न महिलाहरुको घुइँचो लाग्छ।

जनकपुरमा आज रातिदेखि बलि दिइनेछ। त्यसको लागि नेपालसहित भारतको सीमावर्ती क्षेत्रबाट श्रद्धालु भक्तजनहरु बोकाबलीको लागि राजदेवी पुग्ने गरेका छन्।

प्रत्येक वर्ष राजदेवी मन्दिरमा मात्र हजारौँको संख्यामा बलिप्रदान हुने गरेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell