PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

५५९४ जनाको परीक्षण गर्दा ३६५ जनामा देखियो कोरोना संक्रमण



पहिलोपोस्ट

५५९४ जनाको परीक्षण गर्दा ३६५ जनामा देखियो कोरोना संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा ५ हजार ५९४ जनाको कोभिड १९ परीक्षण गर्दा ३६५ जनामा संक्रमण देखिएको छ। यस्तै, ६०९ जना संक्रमण मुक्त भएका छन्।

हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या १४ हजार २३६७ पुगेको छ। संक्रमणका कारण थप ४ जनाको मृत्यु हुँदा कूल मृतकको संख्या ११ हजार १६१ पुगेको छ।

यस्तै, कोभिड १९ विरुद्ध थप २ हजार २७५ जनाले खोप लगाएका छन्। हालसम्म ६४ लाख ६८ हजार भन्दा बढीले खोपको पूर्ण मात्रा लगाइसकेका छन् भने ८३ लाख ८३ हजारभन्दा बढीले खोपको पहिलो मात्रा लगाइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell