PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

भक्तपुरको तलेजुमा बलिरहित पूजा



पहिलोपोस्ट

भक्तपुरको तलेजुमा बलिरहित पूजा

भक्तपुर : भक्तपुरको तलेजु मन्दिरमा बलिरहित पूजा सम्पन्न गरिएको छ। दशैंको महाअष्टमीको मध्यरातमा तलेजुमा ५४ बोका, ३२ राँगो र ३२ हाँस बलि दिने प्रचलन रहेको छ। तर, कोरोना भाइरस संक्रमणका कारण तलेजुमा बलि नदिई पूजा सम्पन्न गरिएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए।

गत वर्ष पनि तलेजुमा बलि दिइएको थिएन।

तलेजुमा राजोपाध्याय, जोशी र कर्माचार्य पूजारीले नरिवल र हाँसको अण्डा चढाएर पूजा गरेको जोशीले बताए। गुठी संस्थानको खर्चमा हुने वर्षौदेखि चल्दै आएको बलि दिने परम्परा गतवर्ष र यसवर्ष कोरोना भाइरस संक्रमणका कारण रोकिएको हो।

तलेजुलाई मूल चोकको दशैं घरमा विराजमान गराउने वर्षौदेखिको परम्परासमेत यसवर्ष रोकिएको छ। कोरोनाकै कारण गतवर्ष र यसवर्ष तलेजुलाई मूल घरबाट दशैं घर नलगिएको मूल नाइके जोशीले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell