PahiloPost

Sep 16, 2025 | ३१ भदौ २०८२

नर्वेमा धनुकाण आक्रमण : ५ जनाको मृत्यु



पहिलोपोस्ट

नर्वेमा धनुकाण आक्रमण : ५ जनाको मृत्यु
Photo : Reuters

नर्वेमा एक व्यक्तिले धनुकाण (धनुमा राखेर हानिने काण/तीर) ले आक्रमण गर्दा पाँच जनाको मृत्यु भएको छ। राजधानी ओस्लोको दक्षिण पूर्वी क्षेत्रमा रहेको कंग्सबर्ग शहरमा भएको आक्रमणमा धनुकाण लागेर दुई जना घाइते भएका छन्।

प्रहरीले उक्त आक्रमणमा संलग्न रहेको अभियोगमा एक व्यक्तिलाई पक्राउ गरेको छ। हालसम्म आक्रमणमा एकजना व्यक्तिको मात्रै संलग्नता देखिएको छ। यो आक्रमणसँग आतंकवादी संलग्नता छ कि छैन भनेर हाल अनुसन्धान भइरहेको छ।

नर्वेकी प्रधानमन्त्री एरना सोलबर्गले घटना निकै त्रासदीपूर्ण भएको भन्दै हाल प्रहरीले अवस्था नियन्त्रणमा लिइसकेको बताएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell