PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

सडक दुर्घटना कम गर्ने ७ टिप्स



पहिलोपोस्ट

सडक दुर्घटना कम गर्ने ७ टिप्स

काठमाडौं : चाडपर्व सुरु भएसँगै काठमाडौं लगायत अन्य स्थानमा सवारी दुर्घटनाहरू बढ्ने गरेको देखिएको छ। त्यसैले प्रहरीले चाडपर्वलाई लक्षित गरेर ट्राफिक प्रहरीको सक्रियतासमेत बढाउने गरेको छ।

मादक पदार्थ सेवन, लापरबाही र यान्त्रिक गडबडीको कारण धेरै दुर्घटना हुने गरेका छन्। यस्ता दुर्घटनामा सयौँ मानिसले अकालमै जीवन गुमाउनु परेको छ। ट्राफिक व्यवस्थापनमा अब्बल मानिएका हाल ललितपुर महानगरपालिका प्रहरी प्रमुख रहेका पूर्व प्रहरी सिताराम हाछेथुले दुर्घटना कम गर्न केही सुझाव दिएका छन्।

१. चाडपर्वको समयमा केन्द्रदेखि स्थानीय सरकारले सवारी अनुगमनदेखि यात्राको व्यवस्था मिलाउने।

२. लामो दुरीका सार्वजनिक सवारीमा चालकलाई ठाउँ ठाउँमा परिवर्तन गर्ने। यस्तो समयमा चालकले बढी यात्रु हालेर पैसा कमाउने लोभ हटाउन छुटै विशेष भत्ताको व्यवस्था गर्ने।

३. सवारीको अवस्थाको कारण दुर्घटना भए सवारी धनीलाई समेत कारबाही गर्ने, जसले गर्दा सवारीधनीले सवारीको यान्त्रिक अवस्था नियमित रुपमा परीक्षण गराउनेछन्

४. चालकलाई ट्राफिक नियम सम्बन्धी कक्षा तथा जनचेतनाका कार्यक्रमहरू पटक पटक दिइरहने।

५. सडकको अवस्था, यात्रुको सङ्ख्या, सवारीको अवस्था हेरेर मात्र यात्रा तय गर्ने।

६. चालक, सवारीधनी, सडकमा खटिने ट्राफिक प्रहरी कसैको पनि गल्ती देखिए कारबाही गर्ने।

७. ट्राफिक नियम अनिवार्य प्रयोग गर्ने, ट्राफिक प्रहरीको अगाडि मात्र नियम पालना गरेको देखाउँदा समेत दुर्घटना भएका छन्।

नेपालमा प्रत्येक वर्ष सवारी दुर्घटना २ हजार भन्दा बढी मानिसले ज्यान गुमाउने गरेका छन्।आर्थिक वर्ष २०७७/७८ मा २ हजार ५१३ जनाको मृत्यु भएको थियो। आर्थिक वर्ष २०७६/७७ मा २ हजार २५१ जनाको मृत्यु भएको हो। आर्थिक वर्ष २०७५/७६ मा भने दुर्घटनाबाट मर्नेहरूको सङ्ख्या २ हजार ७८९ रहेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell