PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

कोरोनाको असर : दशहरामा बिकेन रावणको पुतला, दहन गर्ने परम्परा घट्दै



पहिलोपोस्ट

कोरोनाको असर : दशहरामा बिकेन रावणको पुतला, दहन गर्ने परम्परा घट्दै
Photo : ANI

भारतमा दशहरामा नवौं दिन राति 'रावण वध' गर्ने गरिन्छ। चोकचोकमा पंडाल बनाएर रावणका ठूला पुतला दहन गर्ने परम्परा रहेको छ। तर कोरोना भाइरसको संक्रमणका यसवर्ष पनि कम संख्यामा मात्रै रावण दहन हुँदैछन्।

शहरका मुख्य सडक र बजारमा रावणका पुतला बिक्रि गर्न राखिएको छ। तर संक्रमणका कारण यसपटक पहिला झै पुतला किन्न आउने मानिस छैनन्। गत वर्ष पनि पहिला झै धेरै संख्यामा पुतला बिक्री भएको थिएन।

इन्दौरका व्यापारी रुपेश जैनका अनुसार पुलता निर्माताहरुलाई धेरै घाटा भइरहेको छ।

भारतीय संचारमाध्यम एएनआइसँगको कुराकानीका क्रममा उनले भने, ‘ म १० वर्ष देखि रावणको पुतला बनाउँदैछु। पहिला २००-३०० पुतला बिक्री हुन्थ्यो। गत वर्ष कोभिड १९ का कारण १०० पुतलामा २० वटा बांकी रह्यो। यो वर्ष ७५ रावण मात्रै बनाएँ।’

असत्यमाथि सत्यको जीत भएको प्रतिकमा भारतका विभिन्न स्थानमा दशहरामा रावण वध गर्ने गरिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell