PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

तस्विरमा हनुमानढोकाको दशैं घर र कोतमा बलि र निशान पूजा

तस्विरमा हनुमानढोकाको दशैं घर र कोतमा बलि र निशान पूजा

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : आज महानवमी।  आजको दिन नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ। दशैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ समेत गर्ने गरिन्छ।

महानवमीकै अवसरमा हनुमानढोकार दरबार भित्र र वसन्तपुरमा रहेको कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशान पूजा गरिएको छ। यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जङ्गी निशान पूजा र कोतपूजा गर्ने प्रचलन रहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell