PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

'सुरक्षाकर्मीको गोली लागि नागरिकको मृत्यु हुनु मानव अधिकारको उल्लंघन'



पहिलोपोस्ट

'सुरक्षाकर्मीको गोली लागि नागरिकको मृत्यु हुनु मानव अधिकारको उल्लंघन'
फोटो : प्रमोद नेपाली/फेसबुक।

काठमाडौं : नेपाल बार एशोसिएसनको मानव अधिकार तथा जनसरोकार समितिले बुटवलको रुपन्देहीमा भएको घटनामा ४ जनाको मृत्यु भएको घटनाको दोषीलाई कारवाही गर्न माग गरेको छ।

एक विज्ञप्ती जारी गर्दै नेपाल बार एशोसिएसनको मानव अधिकार तथा जनसरोकार समितिले सुरक्षाकर्मीको गोली लागि नागरिकको मृत्यु हुनु मानव अधिकारको उल्लंघन भएको बताएको हो। समितिले मोतिपुर घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीहरुलाई कानुनको दायरामा ल्याउन समेत माग गरेको छ।

असोज २४ गते बुटवल उपमहानगरपालिका वडा १७ र १८ मा निर्माणाधिन मोतिपुर औद्योगिक करिडोर क्षेत्रमा स्थानीय सुकम्बासी र प्रहरीबिच झडप हुँदा प्रहरीले गोली चलाएको थियो। त्यसक्रममा चारजनाको मृत्यु भएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell