PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

नाम्चेमा किशोरीहरुसँग फुटबल खेल्दै परिणिती चोपडा



पहिलोपोस्ट

नाम्चेमा किशोरीहरुसँग फुटबल खेल्दै परिणिती चोपडा

बलिउड फिल्म 'उचाई' को नेपालका हिमाली भेगहरुमा छायाङ्कन भइरहेको छ। फिल्म छायाङ्कन लागि अनुपम खेर, बोमन इरानी, परिणिति चोपडा, सारिका हसनसहित जम्बो सुटिङ युनिट नै नेपाल आएको छ।

फिल्म टिमले लुक्लाको छायाङ्कन सकेर हिजोदेखि नाम्चेमा सुटिङ सुरु गरेको छ। नेपाल आएदेखि नै कलाकारहरुले फोटो तथा भिडियो सेयर गर्दैँ नेपालको प्राकृतिक सौन्दर्यताको प्रशंसा गरिरहेका छन्। केहीदिन अघि मात्रै अभिनेता अनुपम खेरले सगरमाथाको बयान गरेका छन् भने अभिनेत्री परणितीले पनि सगरमाथाको नम्रताको पाठ सिकाएको इन्स्टाग्राममा उल्लेख गरेकी छिन्। यस्तै, बोमन इरानीले पनि नेपालको अतिथ्यताको खुलेर प्रशंसा गरेका छन्।

यसबिच परिणितीले आज नाम्चेका किशोरीहरुसँग फुटबल खेलिरहेको भिडियो इन्स्टाग्राममा सेयर गरेकी छिन्। साना बालिकाहरुसँग फुटबल खेल्दै उनी रमाइलो गरिरहेको देख्न सकिन्छ।

'सडकको बिचमा साना केटीहरुसँग फुटबल खेल्दै। समुन्द्र सतहबाट ११००० फिट माथि। मेरा लागि, जीवन मात्रै यस्ता सामान्य हृदयस्पर्शी क्षणहरुको संग्रह हो' उनले लेखेकी छिन्।

 

सुरज वर्जत्यले निर्देशनमा बन्न लागेको यस फिल्मले निकै मिल्ने साथीहरुको मित्रताको कथालाई समेटेको छ। फिल्मको नेपालमा ४० दिनको छायाङ्कन सेड्युल रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell