PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

ग्यास बोक्ने ट्याङ्करमा गाँजा, चालक र ट्याङकरधनी खोज्दै प्रहरी



पहिलोपोस्ट

ग्यास बोक्ने ट्याङ्करमा गाँजा, चालक र ट्याङकरधनी खोज्दै प्रहरी

काठमाडौं : प्रहरीले प्रतिबन्धित गाँजा १ सय २० केजी फेला पारेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले बुधवार दिउँसो वीरगन्ज महानगरपालिका वडा नम्बर २५ स्थित आइसिपी गेट नजिकैबाट रोकिराखेको ग्यास बोक्ने ट्याङ्करमा गाँजा फेला पारेको हो। भारतीय नम्बर प्लेटको ट्याङ्कर चालक बस्ने क्याबिनमा लुकाएको अवस्थामा गाँजा फेला परेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले ट्याङ्करका चालक र धनीलाई भने खोजी गरिरहेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell