PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

'स्क्विड गेम' बन्यो नेटफ्लिक्समा सबैभन्दा बढी हेरिएको सिरिज



पहिलोपोस्ट

'स्क्विड गेम' बन्यो नेटफ्लिक्समा सबैभन्दा बढी हेरिएको सिरिज
Photo : NETFLIX/BBC

दक्षिण कोरियाली सिरिज 'स्क्विड गेम' नेटफ्लिक्समा सबैभन्दा बढी हेरिएको सिरिज बनेको छ। सेप्टेम्बर १७ मा रिलिज भएको यस सिरिजलाई हालसम्म १११ मिलियन पटक हेरिएको छ।

रिलिज भएको चार सातापछि १११ मिलियन भ्युज पाउँदै यो सिरिज नेटफ्लिक्समा सबैभन्दा बढी हेरिएको सिरिज बन्न पुगेको हो। नेटफ्लिक्सले ट्विटरमा यो सबैभन्दा बढी हेरिएको सिरिज भनी जानकारी दिएको हो।

यसअघि 'ब्रिजरटोन' नेटफ्लिक्समा सबैभन्दा बढी हेरिएको सिरिज बनेको थियो। जसले एक महिनामा ८२ मिलियन भ्युज पाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell