PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

दुई वर्षपछि तलेजु भवानीको दर्शनका लागि लाइनमा सर्वसाधारण

दुई वर्षपछि तलेजु भवानीको दर्शनका लागि लाइनमा सर्वसाधारण

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : महानवमीको दिनमात्रै खुल्ने तलेजु भवानीको मन्दिरमा आज बिहानदेखि साँझसम्म सर्वसाधरणको घुइँचो लाग्यो।

कोरोनाका कारण गत वर्ष सर्वसाधारणका लागि मन्दिर खुला गरिएको थिएन। यस वर्ष सर्वसाधारणका लागि स्वास्थ्य मापदण्ड पालना गर्दै मन्दिर खुला गरिएको हो।

महानवमीका दिन मन्दिरमा तलेजु भवानी प्रकट हुने जनविश्वासका आधारमा यस दिन सर्वसाधारणको घुइँचो लाग्ने गर्छ।

 

हिलेको तलेजु भवानीको मन्दिर ४० वर्ष लगाएर बनाइएको हो। पहिला ६ वर्ष लगाएर निर्माण भएको मूल चोकमा तलेजुलाई विराजमान गराएर पछि मन्दिरमा प्रतिस्थापना गरिएको थियो।

उनका अनुसार तलेजु भवानीको मन्दिरको निर्माण महिन्द्र मल्लको समयमा सुरु भएको थियो। महिन्द्र मल्लले मन्दिरको जग राखेको मन्दिरको निर्माणको काम प्रताप मल्लको समयमा सकिएको थियो।

राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग त्रिपाशा खेल्ने क्रममा कुदृष्टिले हेरेपछि तलेजु भवानी मन्दिरबाट हराएको कथन छ। राजाले क्षमा माग्दै धेरै रोइकराइ गरेपछि तलेजुले वर्षको एक पटक महानवमीको दिन मात्र आउँछु भन्ने वचन दिएको किम्वदन्ती रहेको छ। त्यसैले महानवमीका दिन सर्वसाधरणका लागि समेत तलेजु भवानीको मन्दिर खुल्ला गर्ने परम्परा रहँदै आएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell