PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

टीकाको अघिल्लो दिन पनि गुलजार छ पोखराको लेकसाइड

टीकाको अघिल्लो दिन पनि गुलजार छ पोखराको लेकसाइड

रिना थापा/पहिलोपोस्ट


पोखरा : शुक्रवार विजया दशमी। ठुलाबडाबाट टीका जमरा लगाई आशीर्वाद लिँदै दशैं मनाइँदैछ। दशैं मनाउन हजारौंको संख्यामा सर्वसाधारण शहर छोडेर गाउँघर पुगिसके। अन्य समयमा चहलपहल हुने पोखराका बजार पनि अहिले सुनसान भएको छ। पोखराको सडकमा केहीसंख्यामात्र भाडाका सवारी चलेका छन्।  मुख्यबजारका अधिकांश पसलहरु बन्द छन्।

तर, दशैंको बेला पोखराको लेकसाइडमा सर्वसाधारणको चहलपहल भने बढेको छ। भारतीय पर्यटकसँगै आन्तरिक पर्यटकको चहलपहलले लेकसाइड क्षेत्रमा रौनक छाएको छ।

कोरोना महामारीपछि लेकसाइडका होटल तथा रेष्टुराँमा आन्तरिकसँगै बाह्य पर्यटकको उपस्थिति बाक्लिएको छ। पर्वकै मौकामा लेकसाइड फुटपाथमा झन्डाबुर्जा खेल खेलाइरहेको भेटिन्छ।

उसो त यो समय पोखराको पर्यटकीय सिजन हो। कोरोनाकै कारण उल्लेखियरुपमा सामान्य समय जसरी बाह्य पर्यटकको उपस्थिति नभएता पनि पोखराको पर्यटन तङ्गिरन प्रयासरत देखिन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell