PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

प्रधानमन्त्रीको दशैं सन्देश : विविधतायुक्त विशेषताबीचको एकता हाम्रो मौलिक पहिचान



पहिलोपोस्ट

प्रधानमन्त्रीको दशैं सन्देश : विविधतायुक्त विशेषताबीचको एकता हाम्रो मौलिक पहिचान

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले दशैंलगायतका सांस्कृतिक पर्वहरुले नेपाली समाज र मानव जीवनमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पुर्‍याउँदै आएको बताएका छन्। 

विजयादशमीका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले विविधतायुक्त विशेषताबीचको एकता हाम्रो मौलिक पहिचान भएकाले सबै जाति, भाषा, धर्म, संस्कृति र सभ्यताको संरक्षण र विकास गर्नु साझा दायित्व भएको उल्लेख गरेका छन्।

देउवाले कोभिड–१९ नियन्त्रणका उपायहरुलाई प्रभावकारी बनाउँदै लगिएको भए पनि यसको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्डको पालना गरेर दशैं पर्व मनाउन आम नेपालीलाई आग्रह समेत गरेका छन्।

उनले दशैं पर्वले सम्पूर्ण नेपालीको मुहारमा खुसी ल्याउन सकोस् र राष्ट्रिय एकताको भावना अझ विकास गर्न सकोस् भन्ने कामना पनि गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell