PahiloPost

Apr 11, 2026 | २८ चैत्र २०८२

दशैंको शुभकामना दिँदै प्रचण्डले भने : सांस्कृतिक पर्वलाई विकसित तुल्याएर राष्ट्रिय एकता हासिल गर्नुपर्छ



पहिलोपोस्ट

दशैंको शुभकामना दिँदै प्रचण्डले भने : सांस्कृतिक पर्वलाई विकसित तुल्याएर राष्ट्रिय एकता हासिल गर्नुपर्छ

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रचण्डले दशैं लगायत चाडपर्वको शुभकामना दिँदै विभिन्न पर्वका आआफ्नै पृष्ठभूमि, मौलिकता र मूल्य रहेको बताएका छन्।

अध्यक्ष प्रचण्डद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, 'बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विविधताले भरिपूर्ण सुन्दर मुलुक नेपालमा विभिन्न पर्वका आआफ्नै पृष्ठभूमि, मौलिकता र मूल्य छन्। यिनै आफ्नै पहिचानयुक्त सांस्कृतिक धरोहरका कारण नेपाल आदिकालदेखि नै स्वतन्त्र, अविभाज्य र एकताबद्ध राष्ट्र बन्न सफल भएको हो।'

प्रचण्डले नेपालका सांस्कृतिक पर्वले नेपाली समाज र मानव जीवनमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पुर्‍याउँदै आएका बताउँदै त्यसलाई विकसित तुल्याएर राष्ट्रिय एकता हासिल गर्दै समृद्धि र सामाजिक परिवर्तनलाई संस्थागत गर्नु आजको कार्यभारसमेत भएको उल्लेख गरेका छन्।

'कोरोना भाइरसका कारण अझै सहजरूपमा चाडपर्व मनाउने अवस्था नभएको सन्दर्भमा स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डको पालना गरी चाडपर्व मनाउन सबैमा अपिल गर्दै पुनःएकपटक सु–स्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु,'सन्देशमा भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell