PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

उपराष्ट्रपतिको दशैं सन्देश : समृद्ध राष्ट्र निर्माणका लागि सबै नेपालीलाई एकताबद्ध गर्न प्रेरणा मिलोस्



पहिलोपोस्ट

उपराष्ट्रपतिको दशैं सन्देश : समृद्ध राष्ट्र निर्माणका लागि सबै नेपालीलाई एकताबद्ध गर्न प्रेरणा मिलोस्

काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध राष्ट्र निर्माणका लागि सबै नेपालीलाई एकताबद्ध गर्दै आपसी सहमति, सहयोग र सहकार्यको बाटोमा अघि बढ्न दशैंले सबैलाई प्रेरित गर्ने अपेक्षा व्यक्त गरेका छन्।

दशैंको अवसरमा शुभकामना दिँदै उपराष्ट्रपति पुनले राष्ट्रको निरन्तर समुन्नति, समृद्धिका साथै सुख, शान्ति, सुस्वास्थ्य समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरेका हुन्।

देशमा मनाइने सबैखाले धार्मिक तथा सांस्कृतिक चाडपर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारालाई सुदृढ गर्दै राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्दै आइरहेको उनले बताएका छन्। दशैंको माध्यमबाट नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भाइचाराको अभिवृद्धि र राष्ट्रिय एकता अझै बलियो हुँदै जाने उनले विश्वास व्यक्त गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell