PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

दशैं सन्देशबाट प्रधानन्यायाधीश जबराको स्पष्टीकरण : शक्तिपृथकीकरणमा प्रतिवद्ध, न्यायालयमा आँच आउन नदिन सदैव सचेत



पहिलोपोस्ट

दशैं सन्देशबाट प्रधानन्यायाधीश जबराको स्पष्टीकरण : शक्तिपृथकीकरणमा प्रतिवद्ध, न्यायालयमा आँच आउन नदिन सदैव सचेत

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले विजया दशमी लगायत पर्वहरुले नेपाली समाजमा एकता, सहिष्णुता र आपसी सद्भाव कायम गरेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले विविधताबिचको एकता कायम गरी सामाजिक ऐक्यबद्धता प्रवर्द्धन गर्न चाडपर्वले महत्वपूर्ण भूमिका खेलेको बताए।

जबराले शुभकामना सन्देशबाट आफूमाथि लागेका आरोपको पनि खण्डन गरेका छन्। प्रधानन्यायाधीशको कोटाबाट शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बनाइएको भन्दै आलोचना भइरहेको बेला जबराले आफू संविधानले आत्मसात गरेको शक्तिपृथकीकरण र सन्तुलनको मान्यता एवम् स्वतन्त्र, निष्पक्ष तथा सक्षम न्यायपालिकाको अवधारणामा प्रतिबद्ध रहेको बताएका छन्।

संविधानले दिएको भूमिका र जिम्मेवारी प्रति दृढता व्यक्त गर्दै उनले शुभकामना सन्देशमा भनेका छन्, ‘त्यसमा कहीँ कतैबाट आँच आउन नदिन सदैव सचेत, गम्भीर र संवेदनशील रहेको पनि म थप स्पष्ट गर्न चाहन्छु।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell