PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

राष्ट्रपतिबाट विजयादशमीको टीका ग्रहण



पहिलोपोस्ट

राष्ट्रपतिबाट विजयादशमीको टीका ग्रहण
तस्विर : /रासस

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा शुक्रबार आमा मिथिला पाण्डेका हातबाट बिहान १० बजेर २ मिनेटको शुभसाइतमा टीका ग्रहण गरेकी छिन्।

राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालय, शीतल निवासमा आमाबाट विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गरेकी हुन्। त्यसैगरी राष्ट्रपति भण्डारीले शुक्रबार हनुमान ढोकाका मूल पूजारी देवराज अर्यालबाट पनि टीका ग्रहण गरेकी छिन्।

सो अवसरमा राष्ट्रपति भण्डारीलाई विभिन्न शक्तिपीठका गुरुले प्रसाद प्रदान गरेका थिए।

आमाबाट टीका ग्रहण गरेपछि राष्ट्रपति भण्डारीले परिवारका सदस्यलाई पनि टीका लगाइदिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell