PahiloPost

Apr 11, 2026 | २८ चैत्र २०८२

प्रधानमन्त्री देउवाले लगाए विजयादशमीको टीका, यस्तो देखियो बालुवटारको दृश्य



पहिलोपोस्ट

प्रधानमन्त्री देउवाले लगाए विजयादशमीको टीका, यस्तो देखियो बालुवटारको दृश्य

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले विजयादशमीका अवसरमा गुरु टिकाराम घिमिरेबाट आज टीका ग्रहण गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान १० बजेर २ मिनेटको शुभसाइतमा प्रधानमन्त्री देउवाले टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन्।

गुरुबाट टीका लगाइसकेपछि प्रधानमन्त्री देउवाले श्रीमती डा आरजु देउवा र छोरा जयवीर देउवालाई टीका लगाइ दिएका थिए। साथै, प्रधानमन्त्री देउवाले सीमित रुपमा परिवार, आफन्तजन तथा प्रधानमन्त्रीको सचिवालय र सुरक्षामा खटिने सुरक्षाकर्मीहरुलाई टीका लगाइदिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell