PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अलमुताइरीको निधारमा रातो टीका र जमरा, भारतसँग भिड्नु अघि नेपाली टोलीले मनाए विजयादशमी

अलमुताइरीको निधारमा रातो टीका र जमरा, भारतसँग भिड्नु अघि नेपाली टोलीले मनाए विजयादशमी

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : साफ च्याम्पियनसीप खेल्न माल्दिभ्स पुगेको नेपाली फुटबल टोलीले आज उतै विजयादशमी मनाएका छन्। खेल अफिसिल, प्रशिक्षक र खेलाडीहरुले टीका र जमरा लगाएर विजयादशमी मनाएका हुन्।

त्यसक्रममा नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी लगायत खेल अफिसियलहरुले समेत टीका लगाएका थिए।

भोलि (शनिवार) नेपालले साफको फाइनल खेलमा भारतको सामना गर्दैछ। पहिलोपटक साफ फाइनलमा पुगेको नेपाली टोलीले उपाधि जित्ने कामना सहित आज विजयादशमीको टीका ग्रहण गरेका हुन्।

सबै तस्विर : एन्फाको फेसबुक पेजबाट



ट्रेन्डिङ पोस्ट

Ncell