PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

यस्तो देखियो कलाकारहरुको विजयादशमी



पहिलोपोस्ट

यस्तो देखियो कलाकारहरुको विजयादशमी

काठमाडौं : आज विजयादशमी। आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ।

कलाकारहरुले पनि आफ्नो परिवार र साथीहरुसँग टीका लगाए विजयादशमी मनाएका छन्।

अभिनेत्री करिश्मा मानन्धरले परिवारसँग दशैँ मनाएकी छिन्। करिश्माले दशैँको टिका र जमरा लगाएको फोटोहरु फेसबुकमा सेयर गरेकी छिन्।

 

 

अभिनेता भुवन केसीले र छोरा अनमोल केसीलेसँग विजयादशमीको टीका लगाएका छन्।

अभिनेत्री रेखा थापाले परिवारसँगै रमाइलो गदैँ दशैँ मनाइन्।

 

कलाकार दीपाश्री निरौला यसपटक दशैँ मान्न पुख्यौली घर विराटनगर पुगेकी छिन्। 

 

अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले पनि परिवारसँग घरमै दशैँ मनाएकी छिन्। उनले इन्स्टाग्राममा परिवारसँग दशैँ मनाएको फोटो सेयर गरेकी छिन्।

 

 

अभिनेत्री ऋचा शर्माले बिहेपछि पहिलोपटक दशैँ मनाएकी छिन्। २ वर्षअघि बिहे गरेकी ऋचाको गतवर्ष आमाको निधन भएको थियो। जसकारण उनले दशैँ मनाउन पाइनन्। यसवर्ष नै उनलाई पुत्रलाभ पनि भएको छ। छोरा र परिवारसँग पहिलो दशैँ भएकाले निकै विशेष भएको उनले उल्लेख गरेकी छिन्।

 

पल शाहले पनि परिवारसँग विजयादशमीको टीका लगाएका छन्।

केकी अधिकारीले पनि परिवारसँग टीका लगाएको तस्विर साझा गरेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell