PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

विजयादशमीमा ट्राफिक प्रहरीको सक्रियता : काठमाडौंको चोकचोकमा यसरी हुँदैछ मापसे परीक्षण

विजयादशमीमा ट्राफिक प्रहरीको सक्रियता : काठमाडौंको चोकचोकमा यसरी हुँदैछ मापसे परीक्षण

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : आज विजयादशमी। आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ। मानिसहरु टीका लगाउन आफन्त कहाँ पुग्ने क्रम जारी छ।

सडक पहिला भन्दा सुनसान देखिएको छ। सार्वजनिक यातायात पनि फाट्टफुट्ट मात्रै संचालन भएका छन्। तर, सडकमा अहिले टीका लगाउन जानेको संख्या बढेको छ।

यसबिच ट्राफिक प्रहरीले काठमाडौंका विभिन्न स्थानमा चेकिङ प्वाइन्ट स्थापना गरेर सवारी साधनको चेकजाँच गरिरहेको छ।

ट्राफिकले चोकचोकमा मापसे र लाइसेन्स चेकिङ गरिरहेको छ। ट्राफिक प्रहरीले चाडपर्वको बेला ट्राफिक नियम पालना गर्न सबैमा आह्वान गरेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell