PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

आइपिएलको उपाधि चेन्नाइलाई, चौथो पटक बन्यो च्याम्पियन



पहिलोपोस्ट

आइपिएलको उपाधि चेन्नाइलाई, चौथो पटक बन्यो च्याम्पियन

इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि चेन्नाइ सुपर किंग्सले जितेको छ। दुबईमा सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सलाई पराजित गर्दै चेन्नाइले उपाधि जितेको हो। चेन्नाइले उपाधि जितेको यो चौथो पटक हो। कोलकातालाई २७ रनले पराजित गर्दै चेन्नाइ च्याम्पियन बनेको हो। 

दुबई इन्टरनेशनल स्टेडियममा टस हारेर ब्याटिङ गरेको चेन्नाइले तीन विकेटको क्षतिमा १९२ रन बनाएको थियो। चेन्नाइका लागि फाफ डुप्लेसिसले सर्वाधिक ८६ रन बनाए। मोइन अलीले ३७ तथा रोबिन उथप्पाले ३१ रन बनाए।

कोलकाताले आक्रामक सुरुवात गरे पनि मध्यक्रम नचल्दा हार ब्यहोर्यो। ओपनर शुभमन गिल र बैंकटेस ऐयरले अर्धशतक बनाए पनि अन्य ब्याट्सम्यान चल्न सकेनन्। गिल र ऐयरले क्रमशः ५१ र ५० रन बनाएका थिए। 

कोलकाताको इनिङ धरासायी पार्ने क्रममा शार्दुल ठाकुरले ३ विकेट लिए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell