PahiloPost

Apr 11, 2026 | २८ चैत्र २०८२

साफ च्याम्पियनसीप फुटबल उपाधिका लागि नेपाल भारतसँग भिड्दै



पहिलोपोस्ट

साफ च्याम्पियनसीप फुटबल उपाधिका लागि नेपाल भारतसँग भिड्दै

काठमाडौं : साफ च्याम्पियनसीप फुटबलको फाइनलमा  आज नेपाल र भारतबिच प्रतिस्पर्धा हुँदैछ।

नेपाली फुटबल टोली पहिलोपटक साफ च्याम्पियनसीपको फाइनलमा भिड्न लागेको हो। नेपाल हालसम्म साफको सेमिफाइनलसम्म मात्रै प्रवेश गरेको थियो। फाइनल खेल नेपाली समय अनुसार राति ८:४५ मा मालेस्थित राष्ट्रिय फुटवल स्टेडियमा खेल हुने छ।

नेपालले माल्दिभ्समा जारी साफ फुटबलमा एक खेलमात्रै हारेको छ। दुई खेलमा जित र एक खेलमा बराबरी खेलेको नेपाल भारतसँग मात्रै पराजित भएको थियो। गत आइतवार भएको खेलमा नेपाल भारतसँग १-० गोलले पराजित भएको थियो। उक्त खेलमा पनि भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीले नेपालविरुद्ध एक मात्र गोल गरेका थिए।

नेपालको लागि आजको खेल निकै महत्वपूर्ण हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell