PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रहरीको सक्रियता बढ्दा बरामद गर्ने अवैध सुनबाट प्राप्त राजस्व पनि बढ्दो



पहिलोपोस्ट

प्रहरीको सक्रियता बढ्दा बरामद गर्ने अवैध सुनबाट प्राप्त राजस्व पनि बढ्दो

काठमाडौः नेपाल प्रहरीले विभिन्न आपराधिक गतिविधि तथा कारबाहीबाट संकलन गर्ने राजस्व ३३ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै अवैध सुन बरामदबाट प्राप्त हुने राजस्व समेत बढेको देखिएको छ।

अवैध सुन बरामदबाट प्रहरीले राज्यको लागि २७ करोड १५ लाख ९१ हजार ६ सय ८० रुपैयाँ संकलन गरेको छ। यो संकलन रकम आर्थिक वर्ष २०७६/७७ को तुलनामा ३३ प्रतिशत भन्दा बढीले बढेको हो। त्यस्तै अवैध चाँदी बरामदबाट प्रहरीले गएको आर्थिक वर्षमा ७५ लाख २७ हजार ५ सय ९२ रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ। आर्थिक वर्ष २०७६/७७ मा  ३७ लाख ४९ हजार ९ सय ७४ हजार रुपैयाँ मात्र संकलन भएको थियो। यो प्रतिशतमा हेर्दा सय प्रतिशत भन्दा बढीले वृद्धि भएको हो। चाँदी तथा सुन नेपालमा भन्दा भारतमा महँगो पर्ने भएकाले विदेशबाट नेपाल ट्रान्जिट हुँदै आउने  र भारत तर्फ नै जाने गरेको देखिएको छ।

गएको चाल आर्थिक वर्षमा नेपाल प्रहरी विभिन्न ८ शीर्षक २ अर्ब ९० करोड ९७ लाख १३ हजार ९ सय २३ रकम संकलन गरेको हो। आर्थिक वर्ष २०७६/७७ मा २ अर्ब १७ करोड ७६ लाख ४२ हजार ३ सय ५४ रुपैयाँ संकलन गरेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवरले जानकारी दिए।

अवैध सामान, अवैध काठ, अदालती फैसला लगायत शीर्षकमा पनि राजस्व संकलन औसत ३० प्रतिशत भन्दा बढीले वृद्धि भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell