PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

सिरहामा झिझिया नाच हेर्न गएका युवक इनारभित्र मृत भेटिए



पहिलोपोस्ट

सिरहामा झिझिया नाच हेर्न गएका युवक इनारभित्र मृत भेटिए
प्रतिकात्मक तस्बिर

काठमाडौः सिरहामा एक युवक मृत अवस्थामा फेला परेका छन्।

आज बिहान नरहा गाउँपालिका ३ स्थित इनारभित्र युवकको शव भेटिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए। गोलबजार नगरपालिका ८ बस्ने २० वर्षीय शत्रुधन महतो मृत अवस्थामा फेला परेका हुन्।

शुक्रवार नजिकै झिझिया नाच भएको थियो। त्यही हेर्न युवक त्यहाँ पुगेका थिए।

'भिडभाडमा इनारमा झरेको पनि हुनसक्छ। अरू दुई जना पनि इनारमा झरेको बुझियो। उनीहरू निस्किएका थिए। थप अनुसन्धान भइरहेको छ,' डिएसपी श्रेष्ठले भने।

शवलाई पोस्टमार्टमको लागि पठाउने तयारी भइरहेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell