PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

बेलायतमा सांसदको हत्या : आतंककारी हमला भएको प्रहरीको दाबी



पहिलोपोस्ट

बेलायतमा सांसदको हत्या : आतंककारी हमला भएको प्रहरीको दाबी
फाइल फोटो : हाउस अफ कमन्स

बेलायतमा एक सांसदको छुरा प्रहार गरी हत्या गरिएको छ। बीबीसीका अनुसार सांसद सर डेभिड एमेसको हत्या भएको छ। उनको हत्यालाई प्रहरीले आतंककारी आक्रमणको संज्ञा दिएको छ।

निर्वाचन क्षेत्रमा एक कार्यक्रममा सहभागी हुँदै गर्दा उनीमाथि २५ वर्षीय युवाले छुरा प्रहार गरेको बताइएको छ। ती युवालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

'इस्लामिक कट्टरपन्थ' को संलग्नता हुन सक्ने भनिएको घटनाको अनुसन्धानका क्रममा प्रहरीले लन्डनका केही स्थानमा खोजतलास समेत गरेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell