PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

प्रहरी निरीक्षक भोजराज पाण्डेयले गीत मार्फत् देखाए प्रहरीका काम

प्रहरी निरीक्षक भोजराज पाण्डेयले गीत मार्फत् देखाए प्रहरीका काम

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाल प्रहरीमा कार्यरत प्रहरी निरीक्षक भोजराज पाण्डेयले 'आँधी हुरी प्रचण्ड गर्मी भन्दैन केही गरी' नामक प्रहरी गीत बजारमा ल्याएका छन्।

देश र जनताको सेवामा समर्पित रहने प्रतिबद्धता सहित नेपाल प्रहरी सेवामा प्रवेश गर्ने प्रहरी अधिकृत तथा अन्य दर्जाका प्रहरी कर्मचारीहरूले तालिमदेखि कार्यक्षेत्रमा गर्नु पर्ने काम र चुनौतीको बारेमा गीतमा उतारिएको छ।

गीतमा निरीक्षक पाण्डेयले प्रहरी कार्य, अपराध अनुसन्धान, विशेष व्यक्तिको सुरक्षा र दैविक विपत्तिमा प्रहरीले गरेका काम र त्यसमा रहेका चुनौतीहरूको बारेमा शब्दद्वारा वर्णन गरेका छन्। प्रहरीले जस्तो सुकै विपत्तिको बेलामा पनि केही नभनी देश र जनताको सेवामा लागिरहने कुरा गीत मार्फत उल्लेख गरेको कुरा निरीक्षक पाण्डेले बताए।

यस गीतका गीतकार निरीक्षक भोजराज पाण्डेय हुन भने सङ्गीत संयोजन चर्चित सङ्गीतकार दीपक शर्माको रहेको छ। युवा गायक प्रताप दाशले गीतमा स्वर दिएका छन्।

'नेपाल प्रहरी सदैव कर्तव्यप्रति निष्ठावान्, निर्भीक र अटल रहेको सन्देश गीतले दिएको छ । प्रहरी सेवा मार्फत राष्ट्र सेवामा लागेका पाण्डेयले गीत सङ्गीत मार्फत पनि राष्ट्रलाई योगदान पुर्याउंदै आएका छन् । यस अघि पाण्डेका करिब आधा  आधुनिक गीत बजारमा आइसकेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell