PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

५० हजार रुपैयाँ दिएर श्रीमानको हत्या !



पहिलोपोस्ट

५० हजार रुपैयाँ दिएर श्रीमानको हत्या !

काठमाडौं : केही दिनअघि ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ७ देवीचौर सलेनी खोल्सामा मृत भेटिएका एक पुरुषको हत्यामा उनकै श्रीमती संलग्न रहेको देखिएको छ। उनले पैसा दिएर हत्या गराएको खुलेको हो।

असोज ११ गते राति साढे ७ बजेतिर ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ७ देवचौर सलेनी खोल्सामा वाग्मती गाउँपालिका प्युटार घर भएका २९ वर्षीय राजकुमार भुलुनको शव फेला परेको थियो। टाउको र घाँटीमा धारिलो हतियार प्रयोग गरेर हत्या गरेको देखिएको थियो।

प्रहरीले उनकी श्रीमती २८ वर्षीय रजीना भोलुन, साढु भाइ ज्ञान कुमार सिंतान, २५ वर्षीय साली सुनिता सिंतान र मृतको साथी लक्ष्मी ब्लोन (लुङ्वा) भन्ने म्याक्सी माया भोलनलाई पक्राउ गरेको हो। श्रीमानले कुटपिट गर्ने गरेपछि श्रीमतीको योजनामा नै हत्या भएको खुलेको थियो।

चार जनाको योजनामा हत्या गर्न मनोज सार्कीलाई प्रयोग गरिएको थियो। उनलाई ५० हजार रुपैयाँ दिएर हत्या गरेको अनुसन्धानमा खुलेको छ। उनीहरुले हत्याअघि भने पैसा दिएका थिएनन्। तर हत्या गरेर फर्किएदा सार्की घटनास्थल नजिकै मृत फेला परेका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनी लडेर हत्या भएको खुलेको थियो।

उनीहरू विरुद्ध जिल्ला अदालत ललितपुरबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell